सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता लिने प्रचण्डको उद्घोष

सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता लिने प्रचण्डको उद्घोष

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएका  छन् ।

बृहत नागरिक आन्दोलनले आज राजधानीमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । संसद विघटनपछि पुनर्स्थापनाको पक्षमा सडक संघर्ष गरिरहेका दलहरुसँग यस विषयमा सल्लाह भइरहेको पनि उनले बताए। उनीहरुसँग सल्लाह नमिले पनि माओवादी केन्द्रले केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको उनको भनाइ थियो । 

सरकारलाई दिएको समर्थन फिर्ता र सरकारविरुद्ध अविश्वासको प्रस्ताव एकैपटक दर्ता होस् भनेर मात्र अहिले समर्थन कायम राखेको उनले खुलासा गरे।

Logo