हाब्रे र चितुवाको छालासहित ८ जना पक्राउ

हाब्रे र चितुवाको छालासहित ८ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

दैलेख । नारायण नगरपालिका-३ खुर्सानीबारी पिपल चौतारास्थित सडकबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको ३ थान छाला र चितुवा १ थान छालासहित ८ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नौमुले गाउँपालिका-३ नाउले बस्ने धन बहादुर सुनार, सोही गाउँपालिका-१ लेली बस्ने कविराम अधिकारी, सोही गाउँपालिका-४ बस्ने रोशन बस्नेत, सोही गाउँपालिका-२ बस्ने धन बहादुर पुरी, सोही गाउँपालिका-३ बस्ने दल बहादुर खत्री, सोही गाउँपालिका-२ बस्ने हस्त बहादुर थापा, भगवतिमाइ गाउँपालिका-१ बस्ने गोविन्द्र थापा र सोही गाउँपालिका-२ बस्ने धन बहादुर रावत रहेका छन् ।

वन्यजन्तु ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले सोही नगरपालिका-३ खुर्सानीबारी पिपल चौतारास्थित सडकमा क.०२००१ ज.००३६ नम्बरको बलेरो जिप जाँच गर्ने क्रममा उक्त छाला फेला पारी जिपमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद भएको छाला सहित आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय दैलेखमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Logo