साझा पार्टीद्वारा विपन्न नागरिकका लागि साझा मुठ्ठीदान अभियान शुरु

साझा पार्टीद्वारा विपन्न नागरिकका लागि साझा मुठ्ठीदान अभियान शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साझा पार्टीले अति विपन्न नागरिकहरुलाई दशैं मनाउन राहत सहयोग दिने हेतुले साझा मुठ्ठीदान अभियानलाई तिब्रता दिएको छ।

सरकारलाई दबाबस्वरुप खाना वितरण कार्यक्रम गरेर विपक्षी मोर्चामा सक्रिय खबरदारी गरिरहेको साझाले मुठ्ठीदान संकलन गरी बिपन्नहरुको चुल्हो बाल्ने प्रयास गरेको नेता समीक्षा बाँस्कोटाको भनाई छ। ‘यो एउटा अर्थपूर्ण सांकेतिक अभियान हो, राज्यको आँखा नपुगेको ठाउँमा हामीले सम्झाईदिएका मात्रै हौ’, बाँस्कोटाले भनिन् ।

कोरोना कहरलाई नियन्त्रण गर्न जारी लकडाउनले गरिबीको रेखामुनी रहेका ज्याला मजदुर, अति बिपन्नहरु जसलाई दैनिक छाक जुटाउन पनि गाह्रो भइरहेको छ । उनीहरुको मुहारमा अलिकति खुशी ल्याउने यो साझा प्रयास मुलतः सरकारलाई राहतको लागि दबाब दिने एउटा सकारात्मक पहल मात्रै हो।, साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले जानकारी दिए।

साझा पार्टीले पहिलो चरणमा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु, सिन्धुपाल्चोक, बुटवल लगायतका विभिन्न स्थानमा यो अभियान जारी राखेको छ। कल्याणकारी लोकतन्त्रको वकालत गर्दै आएको साझा पार्टीले वैकल्पिक राजनीतिको नेतृत्व गरिरहेको छ ।

Logo