नेत्र एटमको ‘प्रिय मौनता’ बजारमा

नेत्र एटमको ‘प्रिय मौनता’ बजारमा

केन्द्रबिन्दु
0
Shares

कवि तथा समालोचक नेत्र एटमको कविता सङ्ग्रह 'प्रिय मौनता' बजारमा आएको छ। लामो समयबाट नेपाली साहित्य क्षेत्रमा क्रियाशील रहेका एटमको यो पहिलो कविता सङ्ग्रह हो। 

यस सङ्ग्रहको कविताहरूलाई कविले “उपसना कविता” भनेर उपनाम दिएका छन् । प्रेमलाई केन्द्रमा राखेर लेखिएको यस सङ्ग्रहमा प्रणयको प्यासन, प्रमुदित प्रकृति, अभीप्साको उद्बोदन, उपासानाको आलोक खण्ड छन् । जसमा ६० वटा कविता सङ्ग्रहित रहेका छन्। 

पहिलो चरणमा कवि नवीन प्यासीले सञ्चालन गरेको कार्यक्रममा कवि एलिशा एकलास, बाबा बस्नेत, अतुल तिम्सिना, नवीन शर्मा र निरज दाहालले एटमका कविता वाचन गरेका थिए। 

त्यस्तै दोस्रो सत्र अन्तर्गत प्रा.डा. कृष्णहरि बराल, पत्रकार दीपक सापकोटा र अमृता शर्माले प्रिय मौनतामाथि आफ्नो विचार राखेका थिए । शिखा बुक्सले बजारमा ल्याएको यस सङ्ग्रहको मूल्य ३५० रहेको छ।

Logo