महिलाको आँखामा रगतको आँसु

महिलाको आँखामा रगतको आँसु

केन्द्रबिन्दु
0
Shares

कहिलेकाँही मेडिकल साइन्टिस्टको अगाडि यस्ता यस्ता घटनाहरु आउँछन् जसले सबैलाई आश्चर्यमा पार्छ। भारतको चंडीगढमा यस्तै एउटा घटना घटेको छ।

चंडीगढको एकजना महिलाको आँखाबाट आँसुको सट्टा रगत निस्कियो । तर, यसको कारण चोटपटक भने थिएन। दुई महिनामा जब दोस्रोपटक आँखाबाट रगत निस्कियो तब महिला अस्पतालको इमर्जेन्सी कक्षमा पुगिन्। यसलाई हिमोलैक्रिया भनिन्छ। जसको विविध कारण हुनसक्छ। यी महिलाको सन्दर्भमा भने महिनावारीको समयमा यस्तो घटना हुने गरेको पाइयो। यसकारण पनि यो घटनालाई दुर्लभ मानिएको हो।

महिनावारीको समयमा कहिलेकाँही युटेरसको बाहिर रगत निस्कन पनि सक्छ जसलाई विकेरियस मेन्सट्रुएशन भनिन्छ।

यस विषयका शोधकर्ताले महिलाको यो घटना भने दुर्लभ भएको जनाएका छन्। किनकी डाक्टरले महिलाको आँखा जाँच गर्दा कुनै घाउ तथा चोटपटक थिएन। साथै बिमारीको समेत कुनै लक्षण देखिएको थिएन।

नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेशनको रिर्पोटले सबै अन्य सम्भावनालाई बन्द गर्दै महिलाको महिनावारीका कारण यो रगत निस्किएको निष्कर्ष निकालेको छ। यो अवस्थामा महिलाको फोक्सो तथा छातीबाट समेत रगत निस्कन सक्ने समेत पाइयो। महिलाका अनुसार महिनावारीको समयमा उनको नाकबाट समेत रगत निस्कने गरेको थियो।

आँखाको टिस्युको हार्मोनमा भएको बदलावका कारण यो समस्या देखिएको हुनसक्ने बताइएको छ। महिलालाई औषधिका साथै तीन महिना हार्मोनल थेरापी पनि गराइयो जसले उनको आँखाबाट रगत आउन बन्द भयो।

डाक्टरले यो एउटा दुर्लभ तथा असामान्य केस भएको पनि आफ्नो रिर्पोटमा लेखेका छन्। डाक्टरका अनुसार यस्तो अन्य केसहरु देखिएका छैनन्। साथै यसका बारेमा थप अध्ययन जरुरी रहेको पनि बताइएको छ।

Skip This
Skip This
Logo