नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पुनरावलोकनको निवेदन लिएर सर्वोच्च पुगेका छन् ।
उनी नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत लगायतका नेता लिएर आज ११ बजे सर्वोच्च अदालत पुगेका हुन्।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो।
सो फैसला राजनीतिक भएको भन्दै माओवादी केन्द्र असन्तुष्ट छ । रिट निवेदकको मागविपरीत सर्वोच्चले पार्टी एकता बदर गरिदिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सर्वोच्च गएका हुन्।





























प्रतिक्रिया