कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

केन्द्रबिन्दु
0
Shares

कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ।

उच्च रक्तचाप लगायतका रोगले ग्रसीत उनको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको उनका स्वकीय सचिब नरेन्द्र थापाले जानकारी दिए। 

मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिन अघि अचानक बेहोस हुनु भएपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्याइएको थियो। यसपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो। उनले लामो समयदेखि रक्तचापको औषधि खाइरहेका थिए। 

उनी नेकपा (एमाले) को तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।रासस

Skip This
Skip This
Logo