केन्द्रबिन्दु बुलेटिन : साउन १ गतेदेखि बृद्धभत्ता बढ्ने (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : साउन १ गतेदेखि बृद्धभत्ता बढ्ने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताएका छन्। मंगलबार रिपोर्टस क्लव नेपालको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताएका हुन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको खारेजीको सम्बन्धमा पुनरावलोकनका लागि सर्वोच्च अदालत गएको सन्दर्भ उल्लेख गर्दै उनले पुनरावलोकनमा जानुलाई मजाक गरिएको टिप्पणी गरेका छन्।

नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनका लागि निवेदन दर्ता गराएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीका नेताहरु र वरिष्ठ अधिवक्तासहित सर्वोच्च पुगेर निवेदन दर्ता गराएका हुन्। पार्टीको नामसम्बन्धी मुद्दामा रिट निवेदकको समेत एकता टुटोस भन्ने चाहना नभएकाले पनि फैसला सच्याउने विश्वास गरिएको प्रचण्डको भनाइ छ।

म्यानमारमा गत फेब्रुअरी १ देखि लागू भएको सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा हालसम्म ५ सयभन्दा बढी प्रदर्शनकारी तथा सर्वसाधारणको मृत्यु भएको छ। सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुकी, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई हिरासतमा राखेको छ। सेनाले सत्ता आफ्नो कब्जामा लिएसँगै विभिन्न देशहरुले म्यान्मारसँगको सम्बन्ध तोड्ने क्रम जारी छ। हालै मात्र अमेरिकाले म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ।

उपत्यकामा वितरण थालिएको मेलम्चीको पानी नयाँ प्रणाली अनुसार सबै धारामा पुर्याउन करिब सात महिना लाग्ने भएको छ। हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै प्रणालीबाट पानी वितरण भइरहेको छ। लामो प्रतीक्षापछि आइतबारबाट मेलम्चीको पानी उपत्यकामा वितरण थालिएसँगै स्थानीय उत्साहित छन्।

पहिलोपटक नेपालको प्रदूषण हिमाली भाग नाघेर तिब्बतसम्मै पुगेको छ। आईक्युएअरको तथ्यांकले ५ दिनयता नेपालसहित एसियाली मुलुकमा तुवाँलोको अवस्था विकराल बन्दै गएको देखाएको हो। त्यस्तै पाँच दिनदेखि लागेको तुँवालोका कारण सयौं उडान प्रभावित भएको नेपाल वायुसेवा निगमले जनाएको छ। जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने बताएको छ।

Logo