प्रतिनिधिसभा बैठकको शून्य समय सकियो, विशेष समय सुरु

प्रतिनिधिसभा बैठकको शून्य समय सकियो, विशेष समय सुरु

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले शून्य समयमा आफ्ना भनाईहरु राख्ने क्रम सकिएको छ । यस समयमा विभिन्न दलका सांसदहरुले आआफ्ना विचारहरु राखेका थिए ।

अहिले सांसदहरुले विशेष समयमा आफ्ना विचार राख्ने क्रम सुरु भएको छ । विशेष समयको पहिलो वक्ताका रुपमा एमालेकी सांसद शान्ता चौधरीले आफ्ना भनाइ राखिरहेकी छिन् । उनले सरकारले गरेका राम्रा कामको पनि विरोध भइरहेको भन्दै गुनासो गरेकी छिन् । 

संघीय संसद् सचिवालयले जनाए अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन र समावेशी आयोगको वार्षिक प्रतिवेदन प्रेश गर्ने कार्यसूची छ।

त्यस्तै  विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले उक्त समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची पनि छ। खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संसोधन) विद्येयक सम्बन्धी प्रतिवेदन पेश गर्नेछिन्। 

सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव पेश गर्ने कार्यसूची पनि आजको बैठकको लागि तय गरिएको छ। आज नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशी र कांग्रेसकै अर्का सांसद लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पेश हुने भएका छन्। 

Logo