न्यु डायमण्डको सानदार जीत

न्यु डायमण्डको सानदार जीत

केन्द्रबिन्दु
0
Shares

न्यु डाइमण्ड स्पोर्ट्स क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा सानदार जीत निकालेको छ। 

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको महिलाको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डाइमण्डले सुखद सुरुवात गरेको हो।

न्यु डाइमण्डले ढोरपाटनलाई २५–६ २५–२ र २५–५ को सेटमा हराएको हो । पुरुषतर्फ आज तीन खेल हुनेछ । पहिलो खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लबको खेल हुनेछ । दोस्रो खेल एपीएफविरुद्ध बुलबुले रारा क्लब तथा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन् । यस्तै, पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द छन्।

लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ। प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन्। उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन्।

Skip This
Skip This
Logo