भारतमा कोरोना संक्रमितदर दैनिकरुपमा बढेको छ। प्राप्त समाचार अनुसार विहीबार एकैदिन ८१ हजार ४४१ जनामा कोरोना संक्रमण भएको छ। भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै सबैभन्दा धेरै हो।
यसअघि बुधबार ७१ हजार १८१ जनामा कोरोना पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा ८१ हजार ४४१ जनामा कोरोना पुष्टि भएको हो।
भारतमा कोरोना संक्रमितको संख्या १ करोड २३ लाख २ हजार ११० पुगेको छ । १ करोड १५ लाख २२ हजार ८८४ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ६ लाख १५ हजार ७९८ छ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६३ हजार ४२८ पुगेको छ भने पछिल्लो २४ घण्टामा त्यहाँ थप ४६८ जनाको मृत्यु भएको छ।





























प्रतिक्रिया