गाेरखाकाे बारपाक सुलिकोट गाउँपालिका- ४ काे राङरुङमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ ।
दुर्घटनामा ज्यान गुमाएकाहरुकाे परिचय हुन सकेकाे छैन भने सात जना घाइते भएका छन् । बारपाकमा भ्रमण सकेर फर्केका लमजुङका यात्रु चढेको ना ५ च ३२९८ नम्बरकाे बोलेरो जिप साँझ ६ बजेतिर दुर्घटनामा परेको हो ।
जीपमा रहेका ९ जना लमजुङ बिचौरका बासिन्दा भएका प्रहरीले जनाएकाे छ । अहिले घाइतेलाई उद्धार गरी अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । घाइतेमध्ये एकजनाकाे अवस्था गम्भीर रहेकाे छ ।





























प्रतिक्रिया