माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, सरकारलाई दिएको समर्थनबारे छलफल हुने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, सरकारलाई दिएको समर्थनबारे छलफल हुने

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ। बैठकमा नयाँ सत्ता समीकरणमा कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हुने बताइएको छ। 

नेपाली कांग्रेसले शुक्रबार प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा नयाँ सत्ता समीकरणका लागि जाने निर्णय गरिसकेको छ । तर माओवादी केन्द्रले भने अझै पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। 

आजको बैठकमा यसै विषयमा छलफल हुने बताइएको छ । अब नयाँ सत्ता समीकरणका लागि कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहकार्य हुने सम्भावना भएपनि जसपाले पनि ओलीलाई नै समर्थन गर्ने वा नगर्ने बारे स्पष्ट धारणा बनाएको छैन । जसले गर्दा वर्तमान अवस्थामा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन।

Logo