होण्डाद्वारा नयाँ होण्डा सिआर–भि १.६ टर्भो IDTEC २०२० बजारमा

होण्डाद्वारा नयाँ होण्डा सिआर–भि १.६ टर्भो IDTEC २०२० बजारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी परिस्कृत पर्फमेन्स र शानदार इन्टेरियरसका साथै नयाँ IDTEC इन्जिनयुक्त होण्डा सिआर–भि २०२० लाई नेपाली बजारमा लन्च गरेको छ ।

“एडभान्स, एनरजेटिक एण्ड स्मार्ट” को ग्राण्ड कन्सेप्टमा निर्मित ५ औं जनेरेशनको यस होण्डा सिआर–भि २०२० माहाई–टेक्नोलोजीयुक्त एक्सटेरियर र इन्टेरियर सुविधाहरुले सबैको ध्यान आकर्षण गर्ने कम्पनीले जनाएको छ । आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस कारमा एड्भान्स इन्टिग्रेटेड LED हेड ल्याम्पस्, इनलाइन LED फगल्याम्पस्, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ, स्मार्ट Keyless Entry, प्याडल सिफ्टिङ्गगियर, ८ प्रकारको पावर ड्राइभिङ्ग सिट, ४ प्रकारको लम्बर सर्पोट सिट, उच्चस्तरीय लेदर तथा ऊडन फिनिस क्याबिनका साथै ७ जना सम्म प्यासेन्जरहरु बस्न सकिने सुविधाहरु रहेको छ ।

९ स्पिड CVT (Continuously Variable Transmission) सहितको १.६ IDTEC टर्भो इन्जिनयुक्त र अफ रोडिङ्ग, सिटी ड्राइभ दुवैका लागि पावर र पर्फमेन्स युक्त होण्डा सिआर–भि ले नेपाली रोडहरुमा असली SUV काे आनन्द लिन चाहनु हुने सम्पूर्ण ग्राहकहरुको मन जित्न सफल हुने पनि कम्पनीले जनाएको छ ।

Logo