राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा अब्दुला अल्मुटाइरी नियुक्त

राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा अब्दुला अल्मुटाइरी नियुक्त

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुवेतका अब्दुला अल्मुटाइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरेको छ।

एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गरेर अल्मुटाइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने घोषणा गरेको हो। काठमाडौंमा सम्पन्न थ्री नेशन्स कपमा नेपाललाई उपाधि दिलाएका प्रशिक्षक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै अल्मुटाइरी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो। नेपाले थ्री नेशन्स कपमा उचालेको उपाधिले नेपाली समर्थक धेरै खुसी दिएजस्तै आगामी दिनमा नेपाली समर्थकलाई खुसी दिलाउनका लागि मिहिनेत गर्ने नवनियुक्त प्रशिक्षक अल्मुटाइरीले बताए।

आइतबार नियुक्ती पाएका ४० वर्षिय अल्मुटाइरीले नेपाली टोलीलाई कम्तीमा एक वर्षका लागि नेपाली टिम हेर्नेछन् । यस समय अवधिमा कम्तीमा विश्वकप छनोट र साफ च्याम्पियनसिपमा नेपाली टिमको नेतृत्व लिनेछन्। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अल्मुटाइरीको नेपाली फुटबलमा प्रवेश भएको हो। नेपाल आएका अल्मुटाइरीले नेपाली फुटबललाई दक्षिण एसियामा बलियो बनाउन आफूले सक्दो मिहिनेत गर्ने बताए।

कतार फुटबल संघसँगको सहकार्यमा अल्मुटाइरी नेपाल आएका हुन्। उनको पारिश्रमिक कतारी फुटबल संघले बेहोर्नेछ भने नेपाल बसाइको खर्च एन्फाले गर्नेछ। र्थी नेशन्स कपको उपाधि दिलाएका प्रशिक्षक बालगोपाल महर्जनलाई एन्फाले प्रो–लाइसेन्सका लागि कतार पठाउने निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिए। 

Skip This
Skip This
Logo