भारतमा कोरोना बढ्दा नेपाल उच्च जोखिममा, के छ सरकारकाे तयारी ?

भारतमा कोरोना बढ्दा नेपाल उच्च जोखिममा, के छ सरकारकाे तयारी ?

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनयता संक्रमितको संख्या दैनिक १ सय ५० माथि थपिने गरेका छन्। छिमेकी देश भारतमा दैनिक ९० हजारमा संक्रमण पुष्टि हुने गरेको भारतस्थित स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ । नेपाल भारत सीमा भएका जिल्ला उच्च जोखिममा रहेका छन्। 

पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टिजेन परीक्षण गर्दा गत शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको थियो । अहिले भारत प्रवेश गरेकाहरू नेपाल फर्किने क्रम बढेको छ । नेपाल सरकारले भने कोरोना संक्रमण रोकथाममा प्रभावकारी कदम चाल्न सकेको छैन।

आगामी २५ चैतदेखि चीन सरकारले अनुदानस्वरूप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी थालिएको छ। स्वास्थ्य मन्त्रालयले चीन सरकारबाट प्राप्त खोप आगामी बुधबारदेखि लगाउने योजना बनाएको हो। चीन सरकारबाट प्राप्त खोप काठमाडौंका तोकिएका अस्पतालमा दिने व्यवस्था मिलाइएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अत्यावश्यक सेवामा संलग्न व्यक्ति, चिनियाँ सरकारको छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनका लागि जाने तयारीमा रहेका व्यक्तिहरूलाई खोप लगाइनेछ। चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ‘सिनोफार्म’ खोपको ८ लाख डोज गत १६ चैत्रमा काठमाडौं आइपुगेको थियो। औषधि व्यवस्था विभागले सो खोपलाई ४ फागुनमा आपतकालीन प्रयोगको अनुमति दिएको थियो।

यसअघि, नेपाललाई भारत सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्डको १० लाख डोज अनुदानमा उपलब्ध गराएको थियो। नेपालले १४ माघदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको थियो। पहिलो डोज लगाएका व्यक्तिलाई ७ वैशाखदेखि दोस्रो मात्रा उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको तयारी छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १७ लाख ९० हजार १ सय २५ जनालाई पहिलो मात्राको खोप उपलब्ध गराइसकिएको छ। पहिलो खेपमै लगाएकालाई दोस्रो मात्रा ७ वैशाखदेखि दिइने बताइएको छ। यस्तै, नेपाल सरकारले भारतबाट खरिद गरेको १० लाख मात्रा ‘कोभिसिल्ड’ खोप कहिले आउने भन्नेमा अन्योल कायम रहेको छ।राजधानीबाट

Skip This
Skip This
Logo