प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बसेको हो ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार संसद् आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्नेछन्।
यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेस गर्ने कार्यसूची छ।
यसैगरि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेस गर्ने कार्यक्रम रहेको छ।





























प्रतिक्रिया