नेपालमा आज २६६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज २६६ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० जना पुगेको छ। आज २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८३२ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ। 

आज ४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ। नेपालमा हालसम्म २२ लाख ८९ हजार ८२४ जनाको पीसीआर परीक्षण गरिएको छ।

Logo