प्रधानमन्त्रीलाई कांग्रेस नेता गगन थापाको प्रश्न, ‘सरकार पनि अब आइसोलेसनमा गएकै हो ?’

प्रधानमन्त्रीलाई कांग्रेस नेता गगन थापाको प्रश्न, ‘सरकार पनि अब आइसोलेसनमा गएकै हो ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको पछिल्लो कोरोना संक्रमितको सरकारले उपचार गराउन नसक्ने निर्णयको खुलेर आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारको यस्तो निर्णयको चर्को आलोचना गरेका हुन् ।

उनले भनेका छन्, “स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नु , यसरी हरेक दिन खुद्रा खुद्रामा यस्तो निर्णय गर्नु भन्दा प्रधानमन्त्रीज्यू, बरु सीधै भनिदिनुस् सरकार स्वयम् संक्रमित भएर आइसोलेसनमा रहेकाले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा सरकारले अब कोरोना संक्रमितको उपचार गराउन नसक्ने र फ्रन्टलाइनमा रहेर काम गर्नेहरुको उपचार गराए पनि बीमा गरेकाहरुको त्यतैबाट कटाउने बताएका थिए । यससँगै सरकारको चर्को आलोचना भएको छ ।

Skip This
Skip This
Logo