नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा यस अघि नेकपा एमाले प्रवेश गरेका उद्योगी व्यवसायी किशोरकुमार प्रधान नियुक्त भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानलाई नेपाल वायु सेवा निगमको सञ्चालक समितिमा ४ वर्षका लागि नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।
प्रधान यसअघि भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकालसँग पराजित भएका थिए।































प्रतिक्रिया