हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरि एमालेमा गएका चारजनालाई सांसदबाट हटाएको छ। सो पार्टीले प्रतिनिधिसभाका चार जना सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई मंगलबार सांसद पदबाट हटाएको हो । त्यसैगरी आजै कर्णाली प्रदेशका तीन जना मन्त्रीले पनि राजीनामा दिएका छन्।
नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरि एमालेमा गएका चारजनालाई सांसदबाट हटाएको छ। सो पार्टीले प्रतिनिधिसभाका चार जना सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई मंगलबार सांसद पदबाट हटाएको हो । त्यसैगरी आजै कर्णाली प्रदेशका तीन जना मन्त्रीले पनि राजीनामा दिएका छन्।
नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले अध्यक्ष केपी ओलीलाई दिए नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले अध्यक्ष ओलीलाई वैधानिकता दिई अध्यक्ष मानेमा नआत्तिन आग्रह गरेका हुन् । आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै अध्यक्ष ओलीले ब्ल्यकमेल गरिरहेको उनले आरोप पनि लगाएका छन्।
चालू आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका ६१५ जनाको शव स्वदेश ल्याइएको छ। जसमा १६ जना महिलाको शव रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका अनुसार सो अवधिमा साउदी अरबबाट १७० वटा र कतारबाट ९५ वटा शव नेपाल ल्याइएको हो।
बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलबाट १८ सयभन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्। आक्रमणकारीहरू दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए। जनावरी महिनादेखि दक्षिण–पूर्वी नाइजेरियाका कयौँ प्रहरी कार्यालय र सवारीसाधनमा आक्रमण गरिएको छ भने ठूलो परिमाणमा गोलीगठ्ठा चोरी गरिएको छ।





























प्रतिक्रिया