ठडियो २२ तले धरहरा, गजुरमा सुनको जलप लगाउन बाँकी

ठडियो २२ तले धरहरा, गजुरमा सुनको जलप लगाउन बाँकी

केन्द्रबिन्दु
0
Shares

लामो समय चर्चा र विवादको विषय बनेको धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको छ। ६ वर्षअघि भूकम्पका कारण पूर्णरूपमा क्षति भएको धरहरा २२ तला निर्माण सम्पन्न भइसकेको छ। धरहरामा राखिने गजुरको काम पनि सकिएको  राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ। 

धरहराको गजुरमा सुनको जलप लगाउन भने बाँकी छ । गजुरमा सुनको जलप लगाउन प्राधिकरणले १२६ तोला सुन धरहरा निर्माण कम्पनीलाई दिने तयारी गरेको छ।  प्राधिकरणका विज्ञ इन्जिनियर राजुमान मानन्धरका अनुसार प्राधिकरणबाट सुन उपलब्ध गराएको सात दिनभित्र जलप लगाउने काम सम्पन्न हुनेछ । ‘जलप लगाएको गजुर राखेपछि धरहरा निर्माण सम्पन्न हुनेछ,’ उनले भने । 

भूकम्पका कारण २२ टुक्रामा परिणत भएको गजुरलाई पहिलाकै जस्तो बनाउन गत माघदेखि काम थालिएको थियो । ‘हामीले महत्वपूर्ण काम सम्पन्न गरिसकेका छौँ,’ प्राधिकरणका विज्ञ सदस्य मानन्धरले भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभए अनुसार दोस्रो साता धरहरा उद्घाटन गर्ने गरी काम गरिरहेका छौँ ।’

प्राधिकरणका अनुसार लिफ्ट राख्ने काम पनि सकिएको छ। भर्‍याङ, विद्युत्, रङ लगाउने काम बाँकी छ । ‘हाल गजुरमा सुनको जलप लगाउन बाँकी छ । प्राधिकरणले सुन उपलब्ध गराएको हप्ता दिनमा गजुरमा जलप लगाएर सकिन्छ । भर्‍याङ, विद्युत्, रङको कामबाहेक अरु महत्वपूर्ण काम सकिएको छ,’ मानन्धरले भने ।नयाँ पत्रिकाबाट

Logo