म्यानचेस्टर सिटी विजयी

म्यानचेस्टर सिटी विजयी

केन्द्रबिन्दु
0
Shares

युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीले डर्टमुन्डलाई २–१ ले पराजित गरेको हो ।

१९औं मिनेटमा केभिन डि ब्रुयनको गोलबाट सिटीले अग्रता लिएको थियो । ८४औं मिनेटमा कप्तान मार्काे रिउसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।  ९०औं मिनेटमा इल्केए गुन्डोगानको पासमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।

यो जितसँगै सिटीको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । 

Logo