नेपालका कृषि मेसिनरी व्यवसायीहरुले किसानको लागत घटाउन र उत्पादन बढाउन सघाउ पुर्याए पनि सरकारी बेवास्ताको कारण पर्याप्त काम गर्न नसकेको गुनासो गरेका छन् ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघको पाँचौ वार्षिक साधारणसभामा भेला भएका व्यवसायीले देश भित्र नै मेसिनको उत्पादन गर्न सके किसानलाई थप सहज हुने बताएका हुन् । कार्यक्रममा नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष स्वयंभूकृष्ण श्रेष्ठले संघ, प्रदेश र स्थानीय सरकारले दिने अनुदान सहुलियतमा एकरुपता हुनुपर्ने बताए ।
अर्का व्यवसायी कृष्ण शर्माले नेपालमा अत्याधुनिक कृषि मेसिनरीको प्रयोग बढ्दो रहेको बताए । सरकारले कृषिको आधुनिकीकरण र मेसिनरी प्रयोगमा सामयिक नीति र ऐन ल्याउन आवश्यक रहेको बताए । समयमा नै नीति बनाई लागू गर्न सके विदेशबाट आयात भइरहेको कृषि उपजलाई रोक्न सकिने उनको भनाइ छ ।
व्यवसायी तुलवीर विष्ट र डीलबहादुर रोकायाले किसानहरुलाई आधुनिक कृषि मेसिनरीको प्रयोग गर्न सिकाउन आवश्यक रहेको धारणा राखे । सरकार तथा विभिन्न संघ संस्थाले वितरण गर्ने कृषि मेसिनरीको प्राविधिक ज्ञान नहुँदा राम्रोसँग प्रयोग नभएको उनको गुनासो छ।
व्यवसायीहरुले हरेक वर्ष देशका विभिन्न शहरहरुमा कृषि यान्त्रीकरण मेला पनि गर्दै आएका छन् ।





























प्रतिक्रिया