राजधानीको तीनकुनेमा रहेको आइएसएमटी कलेजले आफ्ना बारेमा आएका समाचारहरुमा सत्यता नभएको भन्दै प्रष्टोक्ती दिएको छ।
केही संचार माध्यमहरुले कलेजका बारेमा भ्रामक समाचारहरु प्रकाशीत गरेको भन्दै कलेजले त्यसबारे प्रष्टोक्ती दिएको हो।
यस कलेजले विद्यार्थीहरुबाट चर्को मूल्य असुल गरिरहेको भन्ने समाचार केही सञ्चार माध्यममा आएपछि आइएसएमटी कलेजले सो समाचारमा कुनै सत्यता नभएको प्रष्ट पारेको छ।
चैत २२ गते केही सञ्चार माध्यमले ‘शिक्षाको व्यापार गर्दैछ आइएसएमटी’ शिर्षकको समाचार प्रकाशित गरेका थिए।
यस कलेजमा अध्यपन भइरहेका BTEC HND LEADING TO BACELOR कार्यक्रमहरु नेपाल सरकार शिक्षा मन्त्रालयमार्फत मान्यताप्राप्त रहेको र कलेज विद्यार्थी र अभिभावकप्रति उत्तरदायी रहेको समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै कलेजले सौहार्दपूर्ण वातावरणमा जिम्मेवार निर्वाह गरिरहेको हुँदा सम्बन्धित सबैमा ढुक्क हुन पनि अनुरोध गरेको छ।































प्रतिक्रिया