नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । आज साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा लोकतान्त्रिक प्रगतिशील प्यानलका विपुल पोख्रेल छ हजार ९४२ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्माले तीन हजार ९१५ मत प्राप्त गरिन् । यस्तै अध्यक्ष पदका अर्का प्रत्याशी गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत प्राप्त गर्दा रामप्रसाद दाहालले १५६ मत प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले छ हजार ७४१ मत प्राप्त गरी विजयी भए । सोही पदमा माधव नेपालले तीन हजार ७८१ र रामजी दाहालले ६०५ मत प्राप्त गरे । उपाध्यक्ष (महिला)का बाला अधिकारीले सात हजार २२६ मत प्राप्त गरी विजयी हुँदा उनका निटकतम प्रतिद्वन्द्वी अवधेश झाले तीन हजार ५६१ मत प्राप्त गरिन् । उपाध्यक्ष (समावेशी)मा उदय जिएमले छ हजार ११७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी मोहनकुमार सिंहले ९८१ मत प्राप्त गरे ।
महासचिवमा रोशन पुरीले छ हजार २४२ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी बालकृष्ण बस्नेतले तीन हजार ८६० मत र सुबोध गौतमले ८९९ मत प्राप्त गरे । सचिव खुलामा गोविन्दप्रसाद चौलागाईँले छ हजार ७१ मत प्राप्त गरेर विजयी हुँदा रामकृष्ण ज्ञवालीले तीन हजार २१ मत, जन्मदेव जैशीले एक हजार १२७ र यम विरहीले ७५७ मत प्राप्त गरे । सचिव (महिला)मा सिर्जना अर्यालले पाँच हजार ५८० मत प्राप्त गर्दा निमा काफ्लेले चार हजार ८९ मत प्राप्त गरिन् । आदिवासी जनजाति सचिवमा नारायणसुन्दर किलम्बूले छ हजार ३०० मत प्राप्त गर्दा शाहीमान राईले तीन हजार २८९ र रामकुमार श्रेष्ठले एक हजार ११३ मत प्राप्त गरे
सचिव (मधेशी)मा दीपेन्द्र चौहानले पाँच हजार ६९६, स्वेता सिन्हाले चार हजार ४६१ र देवकुमार यादवले ६४७ मत प्राप्त गरे । सचिव दलितमा हेमकर्ण विकले पाँच हजार ९५८ मत प्राप्त गर्दा मधु शाही चार हजार ६४६ मा सीमित भए । सचिव एशोसिएटमा पवन आचार्यले पाँच हजार ७३५, रामेश्वर कार्की दुई हजार ८००, राधेश्याम दाहाल ३४९ र विनय देवकोटाले २५७ मत प्राप्त गरे ।
कोषाध्यक्षमा कलेन्द्र सेजुवालले पाँच हजार ६७८ मत पाउँदा कृष्ण गिरीले तीन हजार २७८, प्रकाश थापाले ६१८, माधव दुलालले एक हजार आठ मत पाए । लेखा समिति संयोजकमा लेखनाथ न्यौपानेले पाँच हजार ६८८, द्वारिकाप्रसाद काफ्लेले तीन हजार १९१ र लक्ष्मण कार्कीले एक हजार ७१४ मत पाए ।
निर्वाचन समितिले प्रकाशित गरेको विवरणअनुसार दलित सदस्यमा प्रकाश धौलाकोटीले छ हजार ८२, दलित महिला सदस्यमा राधा नेपालीले पाँच हजार ७३४, मधेशी सदस्यमा सुभाषप्रसाद साहले चार हजार ६७८, मधेशी महिला सदस्यमा रिङ्कुकुमारी मिश्रले पाँच हजार ६६३, अपाङ्गता सदस्यमा नवीन रिजालले पाँच हजार १९२ मत प्राप्त गरी विजयी भए ।































प्रतिक्रिया