पीएसजी विजयी

पीएसजी विजयी

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित दर्ता गरेकाे थियो ।

स्टार्सवर्गमा शनिबार राति सम्पन्न खेलको १६औं मिनेटमा एमबाप्पेको गोलबाट पीएसजीले अग्रता सलएको थियो ।  २७औं मिनेटमा पाब्लो सारावियाले गोल गर्दै पीएसजीले २-० काे अग्रता कायम गरे ।

४५औं मिनेटमा मोइस किनले एमबाप्पेको पासमा गोल गरेपछि पीएसजीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो । ६३औं मिनेटमा डिओन सहीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिए । तर ७९औं मिनेटमा लियान्द्रो पारेडेसले गोल गर्दै पीएसजीलाई ४–१ को फराकिलो जित दिलाए ।

यस जितसँगै दोस्रो स्थानमा रहेको पीएसजीको ३२ खेलबाट ६६ अंक पुगेको छ ।

Skip This
Skip This
Logo