अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको परसिभरेन्स रोभरले मंगल ग्रहमा पहिलो सेल्फी लिएको छ। यस सेल्फीमा उसको साथमा इन्जेन्युनिटी हेलिकोप्टर पनि देखिएको छ।
नासाको जेट प्रपल्सन ल्याबका अनुसार यो ती ६२ तस्वीर मध्येको एक हो जो परसिभरेन्स रोभरले मंगल ग्रहमा हालसम्म खिचेको छ।
परसिभरेन्स मार्स रोभरले ट्विटर अकाउण्टमा यो तस्वीरलाई सेयर गर्दै लेखेको छ-'टु बोट्स वन सेल्फी।'
यो यस मिशनको पहिलो सेल्फी पनि हो। जसमा भनिएको छ, हेलीकाेप्टर इन्जेन्युनिटी उडान भर्नका लागि तयार छ । रोभरले यो तस्वीर 'वाइड एंगल टोपोग्राफिक सेन्सर फर अपरेशन्स एण्ड इन्जिनियरिंग' (WATSON) क्यामराको मद्दतले खिचेको हो।
यो स्क्यानिंग हैबिटेबल इनभाइरोमेण्ट एण्ड ल्युमिनेशन्स फर अर्गानिक्स एण्ड केमिकल्स (SHERLOC)को हिस्सा समेत हो। यो रोभरको रोबोटिक पाखुराको अन्तमा लगाइएको छ। हेलिकोप्टर इन्जेन्युनिटी रोभरको 'बैली'मा राखिएको थियो, यो पछिल्लो साता मात्रै रोभरबाट बेग्लै भएको थियो ।
नासाका अनुसार अप्रिल ११ भन्दा पहिले हेलिकोप्टरले आफ्नो उडान भर्नेवाला छैन । नासाका अनुसार जब टिम पहिलो उडानका लागि तयार हुनेछ तब परसिभरेन्स रोभर जेपीएल मिशन कन्ट्रोलर्सबाट प्राप्त सन्देशलाई इन्जेन्युनिटीसम्म पुर्याउनेछ। नासा यो उडानलाई लिएर निकै उत्साहित छ। हेलिकोप्टरको ११ अप्रिलमा नियन्त्रित उडान हुनेछ। अहिलेसम्म कुनै पनि अन्य ग्रहमा हेलिकाेप्टर उडान भएको छैन ।
यसअघि ७ अप्रिलमा रोभरले मंगल ग्रहको एउटा तस्वीर लिएको थियो। तस्वीरमा इन्द्रेणी देखिएको थियो । तर, वैज्ञानिक भने यसलाई असम्भव ठान्छन्, किनकि मंगलमा तरल रुपमा पानी छैन भने तापक्रम पनि निकै नै कम छ। यसकारण मंगल ग्रहमा इन्द्रेणी बन्न सम्भव छैन। पछि रोभरले नै यो इन्द्रेणी नभएर क्यामेराको रिफ्लेक्शन भएको जानकारी दिएको थियो।
नासाको यो रोभर मंगलको जेजिरो क्रेटरमा उत्रिएको छ। जहाँ ठूला चट्टान तथा अग्ला पहाड छन्। नासाको परसिभरेन्स रोभरको उद्देश्य भने यहाँ कुनै बेला पानी थियो कि थिएन भन्ने पत्ता लगाउनुका साथै अन्य कुनै किसिमको जीवनको सम्भावना बारेमा पत्ता लगाउनु पनि रहेको छ।































प्रतिक्रिया