‘बदला बरी लै’ पछि फेरि एकैसाथ केकी र प्रकाश सपुत (भिडियोसहित)

‘बदला बरी लै’ पछि फेरि एकैसाथ केकी र प्रकाश सपुत (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नायिका केकी अधिकारी र गायक तथा नायक प्रकाश सपुत अनार चामलको ब्रान्ड एम्वेस्डर बनेका छन् । शनिबार प्रेसमिट गर्दै केकी र प्रकाशलाई अनार चामलको ब्रान्ड एम्वेस्डर रहेको घोषणा गरिएको हो ।

केकी अधिकारी विगत दुई बर्षदेखी अनार चामलको ब्राण्ड एम्बेसडरको रुपमा रहँदै आएकी छिन् भने प्रकाश सपुत यस बर्षदेखि आवद्ध भएका हुन् । ब्रान्ड एम्वेस्डरको रुपमा आवद्ध भएका केकी र प्रकाशको समय एक बर्षको रहनेछ ।

शान्भी ईन्टरनेशनल कम्पनीका अध्यक्ष भरत चलाउनेले चामलहरुको बीचमा अनार चामल फरक स्वादसहित बजारमा आएको दाबी गरेका छन् । अनार चामल ५ केजी, १० केजी, २० केजी र २५ केजीका बोरामा बजारमा पाउन सकिने छ ।

केकी र प्रकाशले यो चामलसहित मायाको मुखैमा चिनी, बदला बरिलै लगायत अन्य आधा दर्जन लोकगीत र ‘परदेशी २’ फिल्ममा पनि सहकार्य गरेका छन् । भिडियो :

Logo