नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको ८ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै नेपालमा ८ महिनाको अवधिमा बैदेशिक लगानी गत बर्षको तुलनामा ३४.८ प्रतिशतले घटेको जनाएको छ।
गत बर्ष १५ अर्ब ६१ करोड रहेको प्रत्यक्ष बैदेशिक लगानी घटेर यो बर्षको पहिलो आठ महिना १० अर्ब १८ करोड रुपैयाँ मात्रै भित्रिएको राष्ट्र बैंकले जनाएको हो । कोभिडका कारण प्रभावित नेपालको अर्थतन्त्र पुरानै अवस्थामा फर्किदै गर्दा आयात भने २ प्रतिशतले बढेको छ।
आयातमा भएको बृद्धि पुँजीगत ट्रान्सफर र न्युन प्रत्यक्ष बैदेशिक लगानीका कारण नेपालको चालु खाता १ खर्ब ४८ अर्ब रुपैयाँले ऋणात्मक भएको छ । यता शोधनान्तरस्थित भने ६८ अर्ब रुपैयाँले बचतमा रहेको केन्द्रिय बैंकले जनाएको छ।





























प्रतिक्रिया