सरकारले तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने

सरकारले तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने

केन्द्रबिन्दु
0
Shares

सरकारले तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको परिस्थिति हेरेर मात्र लकडाउन र शैक्षिक संस्था बन्दको निर्णय लिने भएको हो। 

मुलुकमा कोरोना संक्रमणको दोश्रो लहर फैलिएको ठहर गर्दै स्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने र परिस्थिति हेरेर मात्र निर्णय लिने निष्कर्ष बैठकले निकालेको छ।

बैठकले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पछिल्लो प्रस्तावमाथि छलफल गरेको थियो। सीसीएमसीले कोरोना संक्रमण बढेको भन्दै शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको थियो। सो प्रस्ताव लगत्तै सरकारले सरोकारवाला निकायहरुसँग समेत छलफल गरेको थियो। उनीहरुले शैक्षिक संस्था बन्द नगर्न आग्रह गरेका थिए ।

Skip This
Skip This
Logo