कोभिड-१९ का कारण ब्राजिलमा जापानको फुकुशीमामा जस्तै त्रासदी

कोभिड-१९ का कारण ब्राजिलमा जापानको फुकुशीमामा जस्तै त्रासदी

केन्द्रबिन्दु
0
Shares

ब्राजिलका उच्च तहका स्वास्थ्य विशेषज्ञले कोरोनाका कारण ब्राजिलले जापानको फुकुशीमामा भएको आणविक विस्फोट जस्तै त्रासदी झेल्नुपर्ने चेतावनी दिएका छन्। यहाँ हरेक हप्ता कोरोनाका नयाँ नयाँ स्ट्रेन देखा परिरहेका छन्।

त्यहाँ कोरोनाका कारण भएको मृत्युले नयाँ रेकर्ड कायम गर्दै गइरहेको छ। ब्राजिलमा दैनिक ४ हजारभन्दा बढी व्यक्तिले कोरोना संक्रमणका कारण मृत्युवरण गरिरहेको अवस्था छ। मृत्युदर यसैगरि अघि बढे जुलाई महिनासम्म ६ लाख मानिसको कोरोनाका कारण मृत्यु हुने अनुमान गरिएको छ।

देशको पूर्वोत्तर इलाकामा फेब्रुअरी महिनासम्म कोरोना भाइरस विरुद्धको टिमको नेतृत्व गरिरहेका मिगुएल निकोलेसिसले ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोले ब्राजिलको इतिहासमै सबैभन्दा ठूलो मानवीय त्रासदी झेलिरहेको बताए।

उनले बीबीसीसँगको कुराकानीमा यो एक परमाणु रिएक्टर जस्तो हो, जसको क्रमबद्ध प्रतिक्रिया सुरु भएको छ र यो नियन्त्रण बाहिर समेत छ। साथै यो फुकुशीमाको त्रासदी जस्तो छ।

मिगुएलले सन् २०११ मा जापानको फुकुशीमा आएको भीषण सुनामीपछि चुहिएको परमाणु रियाक्टरको अवस्थातर्फ यसको संकेत गरेका थिए। संसारमा यस महामारीको केन्द्र ब्राजिल मात्र  होइन, सम्पूर्ण पृथ्वीमा यो महामारी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय समूदायको प्रयासका लागि समेत खतरा बनेको छ।

स्वास्थ्य विशेषज्ञका अनुसार यदि ब्राजिलमा कोरोना भाइरस नियन्त्रण गर्न सकिएन भने संसारमै यसलाई नियन्त्रण गर्न सम्भव हुन्न।

स्वास्थ्य विशेषज्ञका अनुसार ब्राजिलमा हरेक हप्ता कोरोनाको नयाँ स्ट्रेन देखिने गरेको छ, जो पछिल्लो भाइरस भन्दा ज्यादा संक्रामक तथा घातक पाइएको छ। यसमध्ये केही सीमापार गर्दै ल्याटिन अमेरिकाका अन्य देश तथा त्यहाँबाट संसारभर फैलन सक्नेछन्।

संसारमा हालसम्म कोरोना संक्रमितको संख्या १३ करो ६५ लाख भन्दा बढी देखिएको छ भने मृत्यु हुनेको संख्या २९ लाख  ४२ हजारभन्दा बढी भइसकेको छ।  

कोरोनाको संक्रमणबाट अहिलेसम्म सबैभन्दा प्रभावित हुनेमा अमेरिका देखिएको छ, जहाँ तीन करोड १८ लाख भन्दा धेरै संक्रमित तथा पाँच लाख ७५ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ। त्यस्तै दोस्रो स्थानमा ब्राजिल रहेको छ, जहाँ संक्रमित एक करोड ३४ लाख ४५ हजारभन्दा धेरै तथा तीन लाख ५१ हजार भन्दा बढीको मृत्यु भइसकेको छ।

यसैगरी तेस्रो स्थानमा भारत रहेको छ। जहाँ संक्रमित संख्या १ करोड ३३ लाख ५८ हजार र मृतक संख्या १ लाख ६९ हजार भन्दा बढी रहेको छ।

Skip This
Skip This
Logo