कमलपोखरीको काम ८५ प्रतिशत सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिँदै आएका छन् ।
वडा नं–१ का अध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठ लगायतलाई साथमै लिएर पुननिर्माण भइरहेको कमलपोखरीको निरीक्षणका क्रममा सोमबार त्यहाँ पुगेका प्रमुख शाक्यले जतिसक्दो छिटो काम पुरा गर्न आग्रह गरेका छन् । ‘काम जुन गतिका साथ हुनुपर्ने हो त्यो अनुसार अझै भइरहेको छैन,’ शाक्यले भने, ‘पटक–पटक समय थप गर्ने र काममा ढिलासुस्ती गर्ने भन्ने हुँदैन ।’
प्रमुख शाक्यले निरीक्षणकै क्रममा कमलपोखरीमा पानी भर्ने काम भइरहेको जानकारी दिए । ‘चैत मसान्तसम्म काम सक्ने गरी हामीले ठकेकेदार कम्पनीलाई अन्तिम मौका दिएका हौँ,’ शाक्यले थपे, ‘केही दिनभित्रै यो पोखरीमा पानी टनाटन बनाउने तयारीमा छौँ । हामीले पुननिर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौँ ।’
सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले अहिले पोखरीमा करीब २० लाख लिटर पानी हालेको जानकारी दिए । ‘पोखरीमा टनाटन पानी भर्न करीब साढे दुई करोड लिटर पानी आवश्यक पर्छ,’ उनी भन्छन्, ‘हामी केही दिनभित्रै पानी भर्छौं ।’































प्रतिक्रिया