४ थान बन्दुकसहित २ जना पक्राउ

४ थान बन्दुकसहित २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

खप्तड छेडेदह गाउँपालिका-३ गुदुखाती बस्ने ४५ वर्षीय बने बहादुर धामी र सोही ठाउँ बस्ने ४३ वर्षीय मानबहादुर धामीलाई ४ थान बन्दुकसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी डोगडीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा बने बहादुरको घरबाट जंगली जनावर बदेलको जस्तो देखिने खप्पर सहितको आधा टाउको र मान बहादुरको घरबाट बदेलको जस्तो देखिने मासु बरामद गरेको थियो ।

साथै उनीहरुले सोही ठाउँस्थित खाली गोठमा लोड गरी लुकाई राखेको बन्दुक फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Logo