प्युठानको स्वर्गद्वारी नगरपालिकामा आज भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत श्याम न्यौपाने, गाडी चालक र अर्का एक जना रहेका छन्।
प्यूठानको पवित्र तिर्थस्थल स्वर्गद्वारी दर्शन गर्न जाँदै गरेको लु १ च १६५५ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो।
गाडीमा १४ जना सवार रहेको र ११ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको बताइएको छ।





























प्रतिक्रिया