ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ

ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ

केन्द्रबिन्दु
0
Shares

ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पोखरा महानगरपालिका-५ पर्स्याङ बस्ने २१ वर्षीय रोशन शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-४ गणेशटोलमा सोमबार राति झैझगडा भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-१५ रामबजार बस्ने स्याङ्जा अर्जुनचौपारी गाउँपालिका-२ घर भएका चुत्र बहादुर गुरुङलाई गम्भीर घाइते भएको अवस्थामा फेला पारी घटनामा संलग्न रोशनलाई पक्राउ गरेको हो ।

घाइते चुत्र बहादुरलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएको छ । साथै घटनास्थलबाट धारिलो हतियार फलामको दाउ समेत प्रहरीले बरामद गरेको छ ।

रोशन उपर ज्यान मार्ने उद्योग कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धानको प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Logo