शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार ३ सयले बढेको सुन आज ७ सयले बढेको हो। सोमबार १ सयले नै बढेको थियो।
गत साता आइतबार स्थिर रहेको सुनको भाउ सोमबार २ सयले घटेको थियो। त्यस्तै मंगलबार ३ सयले बढेको थियो। बुधबार ५ सयले बढेको सुन बिहीबार भने एक हजारले बढेको थियो। शुक्रबार भने ९ सयले बढेको थियो।
आज छापावाला सुनको प्रतितोला ९० हजार ५ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३०० मा कारोबार भइरहेको छ।





























प्रतिक्रिया