कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश संसदबाट विश्वासको मत लिने दावी गरेकी छिन्।
उनले विश्वासको मत लिन नसकिने अवस्था नरहेको बताइन्। “संसद् बैठक २ बजेपछि बस्ने भएको छ, त्यसबेला थाहा पाइन्छ कि विश्वासको मत लिन सक्नुहुन्छ कि हुँदैन भनेर”, मन्त्री केसीले केन्द्रविन्दुसँग भनिन्, “यदि विश्वासको मत लिन सक्ने स्थिति भएन भने त प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहौंला ।”
मुख्यमन्त्री शाहीको आज परीक्षा हुने उनको भनाइ छ। परीक्षामा सफल हुने गरी मुख्यमन्त्रीले तयारी गरेको तर तयारी राम्रो गरेपनि कहिलेकाहीँ असफल हुने गरेको भन्दै असफल भइहाले त्यसलाई सहजरूपमा स्वीकारिने बताए।
२० सांसद रहेको एमालेले मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई दिएको समर्थन गत चैत ४ गते फिर्ता लिने निर्णय गरेको थियो।
एमालेको पनि माधवकुमार नेपाल पक्षका तीनजना मन्त्रीहरूले भने राजीनामा दिन आनकानी गरेका थिए। अन्ततः केही दिन अगाडि उनीहरूले राजीनामा दिए।
यसपछि एमाले कर्णाली प्रदेशमा एकढिक्का भएको छ। उक्त दलको २० जना सांसद छन्। ३९ जना सांसद रहेको प्रदेश सभामा बहुमतमा एमाले रहेको छ।































प्रतिक्रिया