कर्णाली प्रदेशका ५ सांसदलाई एमालेले कारबाही गर्ने

कर्णाली प्रदेशका ५ सांसदलाई एमालेले कारबाही गर्ने

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने पाँचजना सांसदलाई नेकपा एमालेले कारबाही गर्ने भएको छ। 

शाही नेतृत्वको सरकारका पक्षमा मतदान गरेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापालाई एमालेले कारबाही गर्ने भएको हो। सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा उभिएर पनि फिर्ता गरेकी थिइन्।

उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोध्ने र चित्त बुझ्दो जवाफ नआए कारबाही गरिने एमालेले जनाएको छ । 

शाहीको पक्षमा २२ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो। 

Skip This
Skip This
Logo