पछिल्लो समय कोरोना संक्रमण बढीरहेको छ। शुक्रबारकै तथ्यांक हेर्ने हो भने पनि पछिल्लो ४ महिनामा एकै दिन सबैभन्दा धेरै संक्रमित पुष्टि भएको छ।
यसकै कारण त्रास बढ्दैछ। कोरोना संक्रमण तथा त्यसको असरबारे समीक्षा गर्न आज सिसिएमसीको बैठक बस्दैछ।
दिउँसो २ बजे सिंहदरबारमा बैठक बस्ने भएको हो । आजको बैठकमा विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयले गरेको सिफारिसका सम्बन्धमा छलफल हुने बताइएको छ।
पछिल्लो समय देखिएका अधिकांश संक्रमितहरु विद्यार्थी र शिक्षकहरु भएकाले विद्यालयहरु बन्द गर्नु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएपछि यसमै छलफल केन्द्रीत हुने भएको हो।





























प्रतिक्रिया