प्रचण्ड किन गएनन् सर्वदलीय बैठकमा?

प्रचण्ड किन गएनन् सर्वदलीय बैठकमा?

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री ओलीले नबोलाएकाले सर्वदलीय बैठकमा नगएको प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले स्पष्ट पारेका छन्।

छुट्टै भेटवार्ताबारे मात्रै प्रचण्डलाई प्रधानमन्त्री ओलीले फोनमा भनेको बताए। फोनमा सर्वदलीय बैठकबारे ओलीले प्रचण्डलाई जानकारी नदिएको उनको भनाइ थियो। 

केहीबेर अघि बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, नेमकिपा नेता प्रेम सुवाललगायत सहभागी छन्।

प्रदेश सरकारहरूमा हुँदै आएको राजनीतिक उथलपुथलदेखि बढ्दो कोरोना संक्रमण न्यूनीकरणबारे बैठकमा छलफल भइरहेको छ।

Logo