जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू पालना गर्न राष्ट्रपतिको आग्रह

जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू पालना गर्न राष्ट्रपतिको आग्रह

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाइका साथ पालना गर्न आह्वान गरेकी छिन्।

केही समययता कोभिड संक्रमणको जोखिम पुनः बढेर गएको उनको भनाइ छ। उनले कोभिडविरुद्ध सरकारले प्रभावकारी प्रतिकार्य रणनीति अपनाएको बताएकी छिन्।

नागरिकले पनि धैर्य गर्दा कोभिड संक्रमण नियन्त्रण उन्मुख भएको र फेरि संक्रमणको जोखिम बढेको राष्ट्रपति भण्डारीले ट्वीट गर्दै बताइन्।

गर्मीयाम सुरु भएसँगै कोभिड संक्रमणको जोखिम बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणलाई नियन्त्रण गर्न नसकिए आगामी जेठ÷असारमा संक्रमणको दर उच्च हुने चेतावनी दिएको छ।

सरकारले शनिबार नै संक्रमणको जोखिम न्यूनीकरणका लागि सीसीएमसीको बैठकमार्फत महत्वपूर्ण निर्णयहरू लिने तयारी गरेको छ।

विद्यालय, क्याम्पस, सिनेमा हल, पार्टी प्यालेस जस्ता मानिसहरूको बढी जमघट हुने क्षेत्रलाई बन्द गर्न स्वास्थ्य मन्त्रालयले यसअघि नै आग्रह गरेको छ। तर ती क्षेत्रहरु अहिले पनि पूर्ववतरुपमै खुल्लै छन्।

Logo