सर्वदलीय बैठक : सभामुखले अराजक र अनैतिक काम गरेको प्रधानमन्त्रीको आरोप

सर्वदलीय बैठक : सभामुखले अराजक र अनैतिक काम गरेको प्रधानमन्त्रीको आरोप

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई अराजक र अनैतिक काम गरेको आरोप लगाएका छन्। शनिबार बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा बोल्दै ओलीले संसद्मा कामै गर्न नदिएको गुनासो गरेका हुन्। 

बैठकपछि राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले कोरोना महामारी बढ्दै गइरहेको सन्दर्भमा कसरी काम गर्ने भन्ने विषयमा अरु नेताहरूसँग समेत सुझाव मागेका थिए। 

यस्तै बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने बताएका छन्। बैठकमा माओवादी केन्द्रको तर्फबाट सहभागिता नजनाइएको विषयलाई लिएर त्यस किसिमको प्रतिक्रिया दिएका हुन्। 
.
यस्तै मन्त्री ज्ञवालीले लामो समयदेखि संसदमा विभिन्न विषय र बिजनेसहरू अड्किएको प्रसंग निकाल्दै आजको बैठकमा एमसिसीबारे समेत छलफल भएको जानकारी दिए। उनले संसदमा एमसिसीको विषय पाउने दुई वर्षदेखि अड्किएको र हाल आएर सभामुखले नै तजविजी अधिकार प्रयोग गरेर रोकिरहेकाले त्यसो गर्न नहुने सबैदलहरूको साझा धरणा आएको बताए। उनले एमसिसी पास गर्ने वा नगर्ने संसद्को विषय भएपनि बिजनेस नै रोक्नु चाहिं आलोचनाको विषय रहेको बताए।  

बैठकमा माओवादी केन्द्रका तर्फबाट कोही पनि सहभागी थिएनन्। कांग्रेस, जसपा, राप्रपा, नेमकिपा, राजमोको तर्फबाट भने नेताहरु सहभागी थिए। शनिबारको बैठकमा उपस्थित कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार प्रधानमन्त्री ओलीले कोभिड, उपनिर्वाचन तथा एमसीसीको विषयमा समेत चर्चा गरेका थिए।

Logo