नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६५८ जना पुगेको छ। आज ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जस मध्ये एन्टीजेन परीक्षणबाट ७५ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
आज देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५४५ जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ।
आज ५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ७५ पुगेको छ। नेपालमा हालसम्म २३ लाख ४० हजार ४१७ जनाको पीसीआर परीक्षण गरिएको छ।





























प्रतिक्रिया