नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य पुनः बढाएको छ। शनिबार राति १२ बजेदेखि लागू हुने गरि मूल्य बढाइएको हो।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा एक/एक रुपैयाँ वृद्धि गरिएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल १२१ प्रतिलिटर र डिजेल र मट्टितेल १०४ रुपैयाँ प्रतिलिटर पर्नेछ।
यस्तै आन्तरिक उडानका लागि हवाई इन्धनमा पनि २ रुपैयाँ वृद्धि गरि ७६ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानको हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।
पछिल्लो मूल्यवृद्धि अनुसार पनि निगमलाई मासिक १ अर्ब ६२ करोड घाटा रहेको छ। निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु ४१७ ४७ पैसा घाटा छ।






























प्रतिक्रिया