पदमुक्त भएका बादल फेरि गृहमन्त्री, आज साँझ सपथग्रहण

पदमुक्त भएका बादल फेरि गृहमन्त्री, आज साँझ सपथग्रहण

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापा बादल पुनः गृहमन्त्रीमै नियुक्त भएका छन् । 

उनले आजै सपथ लिने भएका छन् । थापाले आजै साँझ ५ बजे सपथ लिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

थापा नेकपा (माओवादी केन्द्र)बाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए। 

एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएपछि संसद सचिवालयले आजै पद रिक्त भएको जानकारी गराएको थियो।

राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेका थिए। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई स्वीकृत गरेपछि राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ।

Logo