कार्यकर्ता रिहा र मुद्दा फिर्ताका लागि प्रधानमन्त्रीलाई विप्लवको आग्रह

कार्यकर्ता रिहा र मुद्दा फिर्ताका लागि प्रधानमन्त्रीलाई विप्लवको आग्रह

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भेट गरेका छन्।

भेटमा विप्लवले ओलीलाई सहमतिअनुसार नेता कार्यकर्ताहरूविरुद्धको मुद्दा फिर्ता र रिहाइको काम छिटो गर्न आग्रह गरेको नेकपा नेता उदयबहादुर चलाउने ‘दीपक’ ले बताए।

भेटमा प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि थिए।

सरकार र नेकपाबीच फागुन २० गते तीनबुँदे सहमति भएको थियो। सहमतिको तेस्रो बुँदामा कारागारमा रहेका नेकपाका नेता कार्यकर्ताहरूलाई रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्न सरकार सहमत रहेको उल्लेख छ।

Logo