हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले अहिले नै सरकारसँग निउ नखोज्ने बताएका छन्। उनले माओवादी केन्द्रले समर्थन फिर्ता नलिउन्जेलसम्म बहुमतकै सरकार हुने भएकाले त्यसको विरोधमा आफूहरूले निउ नखोज्ने देउवाको भनाई छ। सभापति देउवाले आफू प्रधानमन्त्री पदको लोभमा नरहेको तर परिस्थितिले चाहेमा पछि नहट्ने पनि प्रष्ट पारेका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेराबन्दी गर्ने प्रयास असफल पारिछाड्ने दावी गरेका छन्। शनिबार सर्वदलीय बैठकमा सभामुख सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आलोचना गरेका प्रधानमन्त्री लक्षित जवाफमा सभामुख सापकोटाले संसदलाई घेराबन्दी गर्ने प्रयास भए पनि त्यसो हुन नदिने बताएका हुन्। उनले स्व विवेकले देश र जनताको हितमा काम गर्न कसैले रोक्न नसक्ने जिकिर समेत गरेका छन्।
सामाजिक सुरक्षा कोषमा सहभागी अर्थात् योगदानकर्ताले अब बिरामी भएमा उपचार गर्दा लाग्ने खर्च अस्पतालबाटै छुट पाउने भएका छन्। हाल भएको व्यवस्थाप्रति जनगुनासो बढ्पछि कोषले नयाँ प्रवधान ल्याएको हो। नयाँ प्रवाधान अनुसार आगामी साउनदेखि योगदानकर्ता बिरामी भएको खण्डमा उपचार खर्चको ८० प्रतिशत छुट दिइने छ। यो सेवा सुचारु भएपछि सेवाग्राहीले रु १ लाख बराबरको उपचार खर्च पाउने छन् ।
नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई द्रुतमार्ग निर्माणमा ढिलाइ भएको गुनासो बढीरहेको बेला प्रतिनिधिसभाको विकाश तथा प्रविधि समिति र अर्थ समितिले काठमाडौंलाई तराई जोड्ने द्रुतमार्गको संयुक्त अनुगमन गरेको छ। यसअघि संसदको विकास तथा प्रविधि समितिमा निर्माण प्रक्रिया ढिलो भएको भनी उजुरी नै परेको थियो।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भएको ढिलासुस्तीका बारेमा प्रधानमन्त्रीले नै चासो राखेपछि उर्जा मन्त्रालयले यसको प्रगति विवरण सार्वजनिक गरेको छ। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार बैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु हुने जानकारी गराएका हुन्। यस्तै आयोजना अन्तर्गत साउन मसान्तसम्ममा ६ वटै युनिटबाट विद्युत् उत्पादन सुरु भइसक्ने सक्नेपनि नेपाल विद्युत् प्रधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन्।





























प्रतिक्रिया