काठमाडौं ।
दिल्ली क्यापिटल्स जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ ।
गए राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानामा उक्लिएको हो ।
चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।
दिल्लीलाई जित दिलाउन शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले अविजित रहदै १ सय १ रन बनाएका थिए ।
खेल निकै रोमान्चक बनेको थियो । खेलको अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन चाहिएको थियो । पटेलले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । चेन्नईका लागि फाप डु प्लेसिसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।
जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । छैटौं स्थानमा रहेको चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ ।





























प्रतिक्रिया