प्रधानन्यायाधीशद्वारा नवनियुक्त न्यायाधीशहरुलाई शपथ

प्रधानन्यायाधीशद्वारा नवनियुक्त न्यायाधीशहरुलाई शपथ

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनियताको शपथ लिएका छन्। 

बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। न्यायाधीशद्वयले नेपाली जनता, संविधान र अन्य कानूनप्रति पूर्ण निष्ठावान रहि सर्वोच्च अदालतको न्यायाधीश पदको जिम्मेवारी न्यायपालिकाको स्वच्छता र मर्यादा विपरित नुहुने गरी इमान्दारपूर्वक पालना गर्ने भनी ईश्वरको नाममा शपथ लिएका छन्। 

न्यायपरिषद्वारा प्रस्तावित दुवै जनाको नाम संसदीय सुनुवाई समितिले गत शुक्रबार अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायधीश पदमा नियुक्त गरेकी थिइन्। 

सर्वोच्च अदालतका न्यायाधीशरुको शपथ ग्रहण राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने चलन रहेको छ। तर यसपटक कोरोना महामारीको जोखिमका कारण राष्ट्रपतिको उपस्थितीबिना प्रधानन्यायाधीश जबराले पद तथा गोपनियताको शपथ गराएका हुन्। 

Skip This
Skip This
Logo